संसदमा मापसे गरेर आउने सांसदलाई निलम्बन गरौं : सांसद बस्नेत


काठमाडौं – नेपाली कांग्रेसका सांसद जीतजंग बस्नेतले संसदमा मादक पदार्थ सेवन (मापसे) गरेर आउने सांसदलाई ६ महिना निलम्बन गर्न माग गरेका छन् ।

आज (आइतबार) राष्ट्रियसभा बैठकमा बोल्दै उनले केही दिनअघि प्रतिनिधिसभा बैठकमा एक महिला सांसदले पुरुष सांसद मादक पदार्थ सेवन गरी संसदमा आएको कुरा उठाएको भन्दै उनले संसद्को अनुशासनको कुरा गरेर आफै अनुशासनहिन काम गर्ने सांसदलाई ६ महिनाको निलम्बन गरिनुपर्ने बताए ।

‘प्रतिनिधिसभामा महिला सांसदले पुरुष एक सांसद संसदमा रक्सी खाएर आउनु हुन्छ भन्नु भयो । यदि त्यसो हो भने कारबाही हुनुपर्छ । संसदको अनुशासनको कुरा गरेर आफै अनुशासनहिन नहोस् । त्यस्तो कार्य भए ६ महिनाको निलम्बन हुनुपर्छ’, उनले भने । उनले बजेटले कर्मचारीको तलब भत्ता नबढाएको धेरै भएको उल्लेख गर्दै कर्मचारीको तलब बढाउन नितान्त आवश्यक रहेको बताए । सांसद बस्नेतले भ्रष्टाचार र कालोबजारी रोक्न नसक्ने तर कर्मचारीको तलब नबढाउने भन्ने कुरा जायज नरहेको बताए । उनले वन अतिक्रमण भएकोबारे सरकारले विशेष ध्यान दिन आवश्यक रहेको बताए ।

प्रतिक्रिया