आईसीसी टी–२० विश्वकपः वर्षा प्रभावित खेलमा अस्ट्रेलियाद्वारा बंगलादेश पराजित
काठमाडाैं – आईसीसी टी–२० विश्वकप क्रिकेटमा अस्ट्रेलियाले बंगलादेशलाई हराएको छ । शुक्रबार बिहान वर्षाले बिथोलिएको ‘सुपर–८’ चरणको खेलमा ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा अस्ट्रेलियाले बंगलादेशलाई २८ रनले हराएको हो ।
अस्ट्रेलिया विरुद्धको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय ४० रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको अस्ट्रेलियाले ११.२ ओभरमा केवल दुई विकेट गुमाएर एक सय रन बनाएपछि वर्षाले खेल प्रभावित भएको थियो । वर्षा नरोकिएपछि ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा अस्ट्रेलिया विजयी भएको हो ।
जितसँगै ‘सुपर–८’ चरणको ‘समूह–१’ तालिकामा एक–एक खेल खेलेका भारत र अस्ट्रेलियाको दुई–दुई अंक छ ।
बंगलादेश र अफगानिस्तान भने आफ्नो पहिलो खेलमै पराजित भएका छन् ।