एकभन्दा बढी सहकारीमा सदस्यता लिनेमाथि कारबाही हुने


काठमाडौं- एकै प्रकृतिका एकभन्दा बढी सहकारी संस्थामा सदस्यता लिएको भएमा कारबाही हुने भएको छ।

सहकारी विभागले एक सूचना जारी गर्दै एकै प्रकृतिका एकभन्दा बढी सहकारी संस्थामा सदस्यता लिएका व्यक्तिमाथि कारबाही हुने चेतावनी दिएको हो । त्यस्ता व्यक्ति बेलैमा एक सहकारीमा मात्रै सदस्यता कायम गर्न पनि विभागले निर्देशन दिएको छ ।

सहकारी ऐन, २०७४ को दफा ३२ को उपदफा (१) मा कुनै व्यक्ति एक स्थानीय तहको एकै प्रकृतिका एकभन्दा बढी संस्थामा सदस्य हुन नपाउने व्यवस्था रहेको छ ।

 

प्रतिक्रिया