पूर्वी क्षेत्रका विभिन्न नदीमा बाढी आउने सम्भावना, सर्तक रहन आग्रह


काठमाडौं- पूर्वी क्षेत्रका विभिन्न स्थानमा बाढी आउने सम्भावना रहेको उल्लेख गर्दै बाढी पूर्वानुमान महाशाखाले चेतावनी जारी गरेको छ ।

बाढी महाशाखाका अनुसार आगामी ३ दिन कोसी, कन्काई, कमला र यसका सहायक नदीमा बहाव उल्लेख्य बढ्ने सम्भावना छ । आज मेची, विरिङ, निन्दा, कन्काईलगायत झापा जिल्ला भई बहने ससाना नदीमा आकस्मिक बाढी आउने सम्भावना छ ।

ती क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन बाढी महाशाखाले सुझाव दिएको छ ।

 

प्रतिक्रिया