साउदी अरबमा अत्यधिक गर्मीका कारण १४ हजयात्रीको मृत्यु


काठमाडौं- साउदी अरबमा अत्यधिक गर्मीका कारण कम्तीमा १४ जना हजयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेहरू जोर्डनका नागरिक रहेको त्यहाँका अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

जोर्डनको विदेश मन्त्रालयले आफ्ना १४ नागरिकको अत्यधिक गर्मीका कारण मृत्यु भएको र १७ जना बेपत्ता भएको जनाएको छ । बेपत्ताहरूको खोजी कार्य जारी रहेको अधिकारीहरूले बताएका छन् ।

हज संसारको सबैभन्दा ठूलो धार्मिक समारोहमध्ये एक हो । मुस्लिम धर्मावलम्बीहरू इदको अवसरमा हजयात्राका लागि साउदीको मक्का मदिना पुग्ने गर्छन् । साउदी अधिकारीका अनुसार यो वर्ष १८ लाखभन्दा बढीले यसमा भाग लिएका छन् ।

प्रतिक्रिया