पहिरो पन्छाएपछि मुग्लिङ-मलेखु सडक सञ्चालन


मुग्लिन – पहिरोका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्ग पुनःसञ्चालनमा आएको छ ।

मुग्लिन मलेखु खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित फिस्लिङ र मौवाखेलाको बीचमा पहिरो जाँदा आज विहानदेखि राजमार्ग अवरुद्ध बनेको थियो ।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीले पहिरो पन्छाएपछि अहिले राजमार्ग दुईतर्फी सञ्चालनमा आएको जानकारी दिए।

राजमार्ग पुनःसञ्चालनमा आएपछि रोकिएका सवारी साधन आ-आफ्नो गन्तव्यतर्फ लागेका छन् ।

 

प्रतिक्रिया