एकैपटक ३२ सहसचिवको सरूवा, को-कहाँ पुगे ? (सूचीसहित)


काठमाडौं – एकैपटक ३२ जना सहसचिवको सरुवा भएको छ । केही दिनअघिको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय तथा निकायका सहसचिव सरुवा गरेको हो ।

सरुवा सूची अनुसार भरतपुर महानगरपालिका र हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेरफेर भएका छन् ।

भरतपुरका वीरेन्द्रदेव भारतीको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा भएको छ भने कोशी प्रदेशका अन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेललाई भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।

त्यस्तै धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीराम ठाकुरको पनि सरूवा भएको छ ।

यस्तै हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु पुरीको खानेपानी मन्त्रालय अन्तरगत सरुवा भएको छ भने हेटौंडा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको पद रिक्त राखिएको छ ।

सूचीः

 

 

प्रतिक्रिया