हाम्रो राजीनामा पत्रमा मिति मात्र लेख्न बाँकी छ: मन्त्री श्रेष्ठ


काठमाडौं-  राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट खेलकुद मन्त्री रहेका विराजभक्त श्रेष्ठले पार्टीका मन्त्रीहरूको राजीनामा पत्रमामा मिति लेख्न मात्रै बाँकी रहेको बताएका छन् ।  श्रेष्ठले आफूहरू सरकारमा भए पनि सत्ता भने पूरानै शैली, कर्मकाण्डी तरिका र उपलब्धि नहुने गरी चलेकाले आफूहरू दुई धारे तरवारको बीचमा चलिरहेको बताए ।

उनले भने, ‘अहिले जुन खालको अवस्था छ, केही कुरामा हामीलाई अनावश्यक, अनधिकृत हिसाबले कुनै खालको सम्झौता गर्न पर्यो भने त्यो दिन नै रास्वपा सरकारबाट बाहिर आउन अहिले नै तयार छ । हाम्रो राजीनामा पत्रमा मिति मात्र लेख्न बाँकी छ । त्यो तयार गरेर बोकेर नै हिँडेका छौँ ।’

श्रेष्ठले सबै जिम्मेवार नेताहरु बसेर सरकारलाई दिएको समर्थनको बारेमा एकचोटि समीक्षा गर्नुपर्ने बेला पनि रहेको बताए ।

प्रतिक्रिया