दक्षिण अफ्रिकासँग एक रनले हारेपछि यस्तो भन्छन् कप्तान रोहित


काठमाडौं-  आईसीसी ट्वान्टी–२० विश्वकपमा शनिबार बिहान  भएको खेलमा टस हारेर ब्याटिङमा आएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ११५ रन बनाएको थियो । ११६ रनको लक्ष्यसहित मैदान उत्रिएको नेपालले निर्धारित २० ओभर नै ब्याटिङ गरे पनि सात विकेट गुमाएर ११४ रनमात्र बनाउन सक्यो ।

दक्षिण अफ्रिकाविरुद्ध एक रनले पराजित भएपछि नेपाली टिमका कप्तान रोहितकुमार पौडेलले टिम जितको निक्कै नजिक भए पनि केही पर बनेको बताएका छन् ।

‘म मेरो टिमप्रति गौरवान्वित छु । हामीले हिजो यो पिच देखेका थियौँ र यहाँ केही स्लो हुने अनुमान थियो । हामीलाई यस पिचमा स्पिनरलाई सहज हुने लागेर कुशल भुर्तेललाई बलिङमा ल्याएका हौँ,’ उनले भने, ‘हामी निक्कै नजिक थियौँ तर, अन्तिम समयमा राम्रो गर्न सकेनौँ । तर पनि राम्रो प्रतिस्पर्धा गर्यौं । यस्तै खाले आगामी खेलमा हामी जित निकाल्ने टिम बन्नेछौँ ।’

हारसँगै नेपाल प्रतियोगिताको समूह चरणबाटै बाहिरिने निश्चित बनेको छ । नेपालले अब सोमबार समूह चरणको अन्तिम खेलमा बंगलादेशविरुद्ध खेल्नेछ ।

प्रतिक्रिया