दक्षिण अफ्रिकाले जितका लागि नेपाललाई दियो ११६ रनको लक्ष्य


काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२४ मा दक्षिण अफ्रिकाले नेपाललाई ११६ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ११५ रन बनाएको हो ।
सेन्ट भिन्सेन्टमा रहेको आर्नोस भले ग्राण्ड किंग्सटाउनमा दक्षिण अफ्रिका विरुद्ध नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको थियो ।
नेपालका लागि कुशल भुर्तेलले ४ र दिपेन्द्र ऐरिले ३ विकेट लिए ।

प्रतिक्रिया