बारामा क्याम्पस प्रमुखमाथि गोली प्रहार


वीरगञ्ज – बाराको कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका प्रमुखमाथि गोली प्रहार भएको छ।

क्याम्पसका प्रमुख हरिभूषण कुशवाहामाथि अज्ञात समूहद्वारा गोली प्रहार गरिएको हो। कुशवाहामाथि साँझ करिब ६ बजेको समयमा गोली प्रहार भएको बाराका एसपी महेन्द्र खड्काले जानकारी दिए।

उनको कोखामा एक राउन्ड गोली लागेको र वीरगञ्जस्थित नारायणी बयोधा अस्पतालमा उपचार भइरहेको खड्काले बताए।

घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।

प्रतिक्रिया