संसदमा उठ्यो प्रतिबन्धित टिकटक खोल्नुपर्ने माग


काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशिम शाहले टिकटकमाथि सरकारले लगाएको प्रतिबन्ध हटाउन माग गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद शाहले टिकटक खोल्न माग गरेका हुन् ।

‘भीपीएन प्रयोग गरेर प्रयोगकर्ताले चलाइरहेका छन् । हिजोका दिनमा ९० लाखले टिकटक चलाइरहेका थिए भने अहिले पनि ५० लाखले चलाइरहेको अनौपचारिक तथ्याङ्क छ । टिकटकको विकल्पमा फेसबुक रिल, युट्युब सर्ट्स मज्जाले चलेकै छ । यस्तोमा सरकारले विकृति फैलाएको भन्दै सरकारले टिकटकमा लगाएको प्रतिबन्धको औचित्य के भयो त ?’ उनले भने  ‘सूचीकृत नभएका फेसबुक इन्स्ट्राग्राम जस्ता सामाजिक सञ्जाल बिना रोक तोक चलिरहेका छन् । तर टिकटकबाट मात्र अपराध फैलिने कुरा स्वीकार्य छैन । त्यसैले अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै व्यवस्थित ढङ्गले टिकटक खोल्न सरकारसँग आग्रह गर्दछु ।’

प्रतिक्रिया