रक्सीले मातेर आएका बेहुलाले जब स्टेजकै पछाडि गाँजा तान्न थालेपछि…


नयाँ दिल्ली-  भारतको उत्तर प्रदेश राज्यको भदोहीमा जन्ती ल्याएर आएका बेहुलासँग  बेहुलीले विवाह गर्न अस्वीकार गरेकी छिन् ।

फत्तुपुर निवासी शीलादेवीकी छोरी पिङ्कीको विवाह जौनपुर जिल्लाको जयरामपुर निवासी गौतमसँग तय भएकाे थियाे । बुधबारगौतम जन्तीसहित बेहुलीको घरमा  पुगेका थिए । तर, स्वयंवर अघि बेहुलाले विवाह विवाह गर्न अस्वीकार गरिन् ।  बेहुला मदिरा पिएर मातेकाे र मञ्चको पछाडि गएर गाँजा तानिरहेकाे देखेपछि बेहुलीले विवाह गर्न अस्वीकार गरेकी हुन् ।

त्यसपछि  बेहुली पक्षले बेहुला, उनका बुवा जयप्रकाश र हजुरबुबा मेवा लाललाई बन्धक बनाएर विवाहको तयारीमा लागेको ८ लाख रुपैयाँ खर्च माग गरेका थिए । दुवै पक्षबिच विवाद भएपछि प्रहरी आएर मामिला सुल्झाएको थियो ।

 

प्रतिक्रिया