सडकमै शव राखेर पूर्व-पश्चिम अवरुद्ध


काठमाडाैं- पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेकाे ढकेरीमा स्थानीयले राजमार्ग  अवरुद्ध पारेका छन् ।  गएराति टिप्परकाे ठक्करबाट एक जनाकाे मृत्यु भएपछि स्थानीयले शवलाई सडकमै राखेर राजमार्ग बन्द गरेका हुन् ।

काेहलपुरबाट पूर्व जाँदै गरेकाे भे १ ख ३०९९ नम्बरकाे टिप्परले भे १० प १४१३ नम्बरकाे माेटरसाइकललाई ठक्कर दिँदा माेटरसाइकल चालक राप्तीसाेनारी गाउँपालिका-८ का लाेकेन्द्र विष्टकाे घटनास्थलमै मृत्यु भएकाे थियाे ।

आक्राेशित भिडले टिप्पर जलाएर घटनालगत्तै  राजमार्ग बन्द गरेकाे थिए । अहिले टिप्परका मालिकलाई इलाका प्रहरी कार्यालय, काेहलपुरमा ल्याइएकाे र पीडित पक्षसँग वार्ताकाे प्रयास भइरहेकाे बाँके प्रहरी प्रवक्ता डिएसपी नारायण डांगीले  जानकारी दिए।

 

प्रतिक्रिया