११ खच्चड बचाउने असई फराल र हवल्दार चौधरी पुरस्कृत


कैलाली – कर्णालीको पुलको लट्ठा चुँडिएपछि पुलको बिच भागमा अड्किए ११ वटा खच्चडको उद्धार गरेको भन्दै प्रहरी सहायक निरीक्षक रामसिंह फराल र हवल्दार गंगाराम चौधरी पुरस्कृत भएका छन् ।

उनीहरुलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले अभिलेखमा जनिने गरी नगदसहित पुरस्कृत गरेको हो ।

यही जेठ २७ गते जिल्ला अछाम, पञ्चदेवल नगरपालिका, वडा नं. ९ चिल्तडा स्थित कर्णाली नदीमा रहेको झोलुंगे पुलको रसी चुडिन गई १३ वटा खच्चड उक्त पुलको बिच भागमा अड्किएका थिए ।

असई फरालको अगुवाइमा करिब पाँच घण्टा पछि खच्चडको उद्धार गरिएको थियो । पुलको जालीमा अड्किएका १३ मध्ये ११ खच्चडको उद्धार गरेपनि दुई वटा खच्चड पुलबाट खसेर मरेका थिए ।

सो घटनामा खच्चडहरुलाई उद्धार गर्ने कार्यमा अदम्य साहसका साथ कर्तब्यनिष्ठ भई उद्धार कार्यमा उल्लेखनीय भुमिका निर्वाह गरेका फराल र चौधरीलाई उत्कृष्ट कार्यको कदर स्वरुप अभिलेखमा जनिने गरी नगद पुरस्कारद्वारा पुरस्कृत गरिएको सुदूरपश्चिम प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया