बर्दिया र ओखलढुंगाबाट बलात्कार आरोपमा दुईजना पक्राउ


काठमाडौं– बर्दिया र ओखलढुंगाबाट बलात्कार आरोपमा दुईजना पक्राउ परेका छन् ।

बर्दियामा २३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा गुलरिया नगरपालिका–१ बिजपुर ममतापुरिया टोल बस्ने ४० वर्षीय राकेश कुमार बन्जारालाई प्रहरीले पक्राउ गरेको हो ।

। बन्जाराले ती महिलालाई सोमबार राति पीडितकै कोठामा प्रवेश गरी बलात्कार गरेको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यस्तै ओखलढुंगामा १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा पाँचथर फाल्गुनन्द गाउँपालिका–४ बस्ने १९ वर्षीय सुजन लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ ।

लिम्बुले ती किशोरीलाई ओखलढुंगा मोलुङ गाउँपालिका–८ बर्खे भन्ने स्थानको जंगलमा बलात्कार गरेको उजुरीको आधारमा पक्राउ गरिएको हो ।

प्रतिक्रिया