बैतडीमा घरायसी विवादमा श्रीमतीको हत्या


काठमाडौं – बैतडीमा आफ्नै श्रीमती ६० वर्षीया सुना ऐरीको कुटपिट गरी हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पाटन नगरपालिका–४ चिलेपानी बस्ने ६५ वर्षीय प्रताप ऐरी छन् ।

प्रतापले घरायसी विवादको क्रममा कुटपिट गर्दा गम्भीर घाइते भएकी सुनालाई बुधबार उपचारको लागि डडेल्धुरा अस्पताल लगिएको थियो । उपचारपछि डिस्चार्ज भई अमरगढी नगरपालिका–५ तुफानडाँडास्थित होटलमा बसेकोमा अचानक बेहोश भई पुनः सोही अस्पतालमा उपचारको क्रममा मृत्यु उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया