जसपा नेपालको नेतृत्व चयन गर्न मतदान हुँदै


काठमाडौं –  जनता समाजवादी पार्टी नेपाल (जसपा) को नेतृत्व चयन गर्न निर्वाचन हुँदैछ । राष्ट्रिय एकताको महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न आज दिउँसोदेखि मतदान हुने भएको हो ।

केन्द्रीय निर्वाचन समितिका अनुसार दिउँसो १२.३० बजेसम्म उमेदवारी फिर्ताको समय तोकिएको छ । त्यसपछि मतदान प्रारम्भ हुनेछ ।

२०१ केन्द्रीय सदस्य र अध्यक्ष, सहअध्यक्ष, महासचिव, सहमहासचिव, कोषाध्यक्ष, सचिव र सहसचिव गरी २० पदाधिकारीका लागि हिजो मनोनयन दर्ता भएको थियो ।

अध्यक्षबाहेक अब एक सहअध्यक्ष, उपाध्यक्षमा पाँच, महासचिवमा दुई, उपमहासचिवमा तीन, सचिवमा सात, कोषाध्यक्षमा एक गरी १९ पदाधिकारी र केन्द्रीय सदस्यका लागि निर्वाचनमा प्रतिस्पर्धा हुँदै छ ।

प्रतिक्रिया