पहिलोपटक भारत भर्सेस अमेरिका


काठमाडाैं– टी-२० विश्वकप क्रिकेट अन्तर्गत समूह ‘ए’ को आफ्नो तेस्रो खेलमा बुधबार भारत र अमेरिका प्रतिस्पर्धा गर्दै छन् । लगातार दुई खेल जितेका दुवै टोली तेस्रो जितको खोजिमा रहेका छन् ।

आजको खेल जित्ने टोलीले शीर्ष आठमा स्थान बनाउनेछ । अमेरिका पहिलो पटक भारतसँग कुनै पनि फर्म्याटको क्रिकेटमा प्रतिस्पर्धा गर्न लागेको हो ।

खेल न्युयोर्कस्थित नासाउ क्रिकेट स्टेडियममा राती ८:१५ मा सुरु हुने छ । प्रतियोगिताको आफ्नो पहिलो खेलमा क्यानडालाई हराएको अमेरिकाले दोस्रो खेलमा पाकिस्तानलाई सुपर ओभरमा पराजित गरेको थियो ।  यस्तै भारतले पनि दुवै खेल जितेको छ ।

प्रतिक्रिया