‘हामी बुढाबुढीको सम्बन्धमा आगो लगाइयो’


काठमाडाैं- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले आफूहरूको पारिवारिक सम्बन्धमा राजनीति गरेर आगो लगाइएको गुनासो गरेका छन् । बुधबार नेपाल समाजवादी पार्टीको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै चौधरीले भने, ‘हाम्रो बुढाबुढीको सम्बन्धमा आगो लगाए ।’

यस्तै उनले थारु समुदायले अझै न्याय नपाएको गुनासो गरेका छन् । ‘यो देशमा थारुले कहाँ न्याय पाउँछ रवि लामिछाने ज्यू ? उनले प्रश्न गरे ।

पछिल्लो समय नाउपाका संरक्षक रेशमलाल र पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठबीचको विवाद जारी छ । अहिलेको सत्ता गठबन्धनलाई सहयोग गर्ने कि नगर्ने भन्ने विषयबाट रञ्जिता र रेशमबीचको विवाद बढ्दै गएको हो ।

कारागारमा रहदा पटक–पटक आफुलाई रिहा गरिदिन आग्रह गरेका रेशम जेलमुक्त भएपछि भने अहिलेको सत्ता गठबन्धनविरुद्ध लागेका थिए । तर पार्टी अध्यक्ष रञ्जिताले भने अहिलेकै सत्ता गठबन्धनलाई सहयोग गरिन् । त्यसपछि उनीहबीचको सम्बन्धमा तिक्तता आएको हो ।

 

प्रतिक्रिया