
आफ्नै वडाका विद्यालय अनुगमन गर्दा पनि भत्ता पचाउने वडाध्यक्ष
काठमाडौं -दार्चुलाको शैल्यशिखर नगरपालिकाका एक वडाअध्यक्षले आफ्नै वडाका विद्यालय अनुगमन गरेबापत २७ हजार भत्ता बुझेका छन् ।
वडा नम्बर ८ का वडाध्यक्ष केशवदत्त जोशीले ८ कै विद्यालयहरू अनुगमन गरेर २७ हजार रकम बुझेको महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ।
महालेखा परीक्षकको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमा वडाध्यक्ष जोशीले आफ्नै वडाका विद्यालयहरू अनुगमन गरे बापत २७ हजार रकम बुझेको र सो रकम एउटै वडाभित्र भ्रमण खर्च नमिल्ने silदेखिएकले असुल उपर गर्नुपर्ने उल्लेख गरिएको छ ।
प्रतिवेदनमा भनिएको छ,‘वडा नं ८ का वडाध्यक्षलाई वडा विद्यालयहरु अनुगमन गरेको भनी भुक्तानी भएको छ । प्रदेश सरकारले पदाधिकारीको सेवा सुविधा कानूनमा पदाधिकारीले प्राप्त गर्ने सेवा सुविधा उल्लेख गरेको तथा एउटै वडाभित्र भ्रमण खर्च लेख्न नमिल्ने देखिएकले निजबाट वडाध्यक्ष श्री केशवदत्त जोशीबाट असुल हुनपर्ने २७ हजार ।’



कागजपत्र |
