
मोरङमा जंगली हात्तीको छावा मृत भेटियो
काठमाडौं– मोरङको सुन्दरहरैंचा–६ मा जंगली हात्तीको बच्चा (छावा) मृत अवस्थामा फेला परेको छ ।
आज बिहान स्थानीय दुर्गा मन्दिर टोल नजिक भक्तराज लिम्बुको केरा बगानभित्र भाले छावा मृत अवस्थामा फेला परेको हो ।
हात्तीको छावा कसरी केरा बगानभित्र पुग्यो र मृत्यु भयो भन्नेबारे खुल्न नसकेको लाटीझोडा सब डिभिजन वन कार्यालयले जनाएको छ ।
छावाको सुँडको छेउमा सामान्य चोट देखिएको छ ।



कागजपत्र |
