राष्ट्रपतिद्वारा दुई देशमा गैरआवासीय राजदूत नियुक्त
काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले दुई देशमा गैरआवासीय राजदूत नियुक्त गरेका छन् ।
सोमबार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम स्वीट्जरल्याण्डका लागि नेपाली राजदूत रामप्रसाद सुवेदीलाई सान मारिनोका लागि गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेका छन् ।
यस्तै संयुक्त राष्ट्र सङ्घका लागि नेपालको स्थायी नियोग, न्यूयोर्कका लागि स्थायी प्रतिनिधि लोकबहादुर थापालाई गणतन्त्र निकारागुवाको गैरआवासीय राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।