

सेनामा जागिर लगाइदिन्छु भन्दै १ लाख ७० हजार ठगी

काठमाडाैं- नेपाली सेनामा जागिर लगाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । पोखरा महानगरपालिका–५ पर्स्याङ बस्ने २७ वर्षीय धर्मराज थापा पक्राउ परेका हुन् ।
उनले बागलुङ घर भएका १९ वर्षीय युवकलाई नेपाली सेनामा भर्ती गराइदिन्छु भन्दै १ लाख ७० हजार रुपैयाँ ठगी गरेको प्रहरीको आरोप छ ।
उनमाथि ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धी कसुरमा जिल्ला अदालत कास्कीबाट १० दिन म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

