कैलालीमा १३ वर्षीय बालक मृत फेला


काठमाडौं- कैलालीको धनगढीमा १३ वर्षीय बालक मृत अवस्थामा भेटिएका छन् । धनगढी उपमहानगरपालिका–३ चटकपुर घर भएका १३ वर्षीय विष्णु फुलारा मृत अवस्थामा भेटिएका हुन् ।

उनी घरको काठको बलोमा झुण्डिएको अवस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएकाे छ ।

उनको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको छ  । घटनाकाे कारण नखुलेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया