पेरिसका लागि उडेको विमानको इन्जिनमा आगो लागेपछि…


काठमाडौं- टोरन्टोबाट पेरिसका लागि उडेको एयर क्यानाडाको विमानलाई उडान भरेको केही समयपछि इन्जिनमा आगो लागेपछि आपतकालीन अवतरण गराइएको छ ।

एयर क्यानाडाको बोइङ ७७७-३००इआर विमान जुन ५ तारिखमा उडान भरेको केही समयपछि इन्जिनमा आगो लागेपछि आपतकालीन अवतरणका लागि टोरन्टो पियर्सन अन्तर्राष्ट्रिय विमानस्थलमा फर्काइएको एयर लाइभले जनाएको हो ।

करिब ४ सय यात्रु बोकेको विमान पेरिसका लागि ७ घण्टाको उडानका लागि प्रस्थान गरेको थियो तर केही समयमै दाहिने इन्जिनमा आगो लागेको थियो ।

प्रतिक्रिया