टी–२० विश्वकप : श्रीलंकाले बंगलादेशलाई दियो १२५ रनको लक्ष्य


काठमाडौं – आईसीसी टी–२० विश्वकपमा समूह डी अन्तरगतको खेलमा श्रीलंकाले बंगलादेशलाई १२५ रनको लक्ष्य दिएको छ ।

डालस स्थित ग्राण्ड प्रेरी क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको श्रीलंकाले २० ओभरका ९ विकेट गुमाउँदै १२४ रन बनायो ।

श्रीलंकाका ओपनर पाथुम निसांकाले २८ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ४७ रन बनाए । यस्तै कुशल मेन्डिस १०, कामिन्दु मेन्डिस ४, धनन्जय डि सिल्भा २१, चरिथ असलंका १९ र दासुन शानकाले ३ रन बनाए ।

एन्जिलो म्याथ्युजले १९ बलमा १६ रन बनाए । बलिङतर्फ मुस्ताफिजुर रहमान र रिसाद होसेनले ३/३ तथा तास्किन अहमदले २ र तान्जिम हशन सकिबले १ विकेट लिए ।

प्रतिक्रिया