उद्योग वाणिज्य संघ सिन्धुपाल्चोक निर्वाचनः नेतृत्वमा वर्तमान उपाध्यक्ष बस्नेतको पल्लाभारी


सिन्धुपाल्चोक – सिन्धुपाल्चोकका उद्योगी व्यावसायीहरु चुनावी मैदानमा उत्रिएका छन् । उद्योगी व्यावसायीहरुको छाता संगठन सिन्धुपाल्चोक उद्योग बाणिज्य संघको २५ औ साधारण सभा एवं १० औ अधिवेशनबाट नयाँ नेतृत्वको लागि निर्वाचन नै हुने भएको छ ।

एक अध्यक्षसहित १७ सदस्य पदका लागि धेरै उद्योगी व्यावसायीहरुले आकँक्षा व्यक्त गरेका छन् । २ हजार ३२ कुल सदस्य रहेको सिन्धुपाल्चोक उद्योग बाणिज्य संघको निर्वाचन चैत ७ गते हुँदैछ । उमेदवारहरुले मनोनय भने बुधबार गर्ने कार्यक्रम रहेको उद्योग बाणिज्य संघ सिन्धु्पाल्चोकका अध्यक्ष बेदबहादुर श्रेष्ठले जानकारी दिए ।

सर्वसम्मत रुपमा नेतृत्व छनोटको कसरत भएपनि अकाक्षीहरु धेरै भएकाले समस्या भएको र निर्वाचनको माध्यमबाट नै अध्यक्ष लगायत सदस्यहरुको छनोट गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

अध्यक्षमा भने अहिलेका बरिष्ठ उपाध्यक्ष होमबहादुर बस्नेत (राजकुमार) निर्वीरोध हुने सम्भावना रहेको छ । क्षमादेवी ग्रुपका सञ्चालक समेत रहेका बस्नेत सामाजिक क्षेत्रमा समेत क्रियाशिल रहेका छन् । ‘बस्नेत निर्विरोध हुने सम्भावना छ, र निर्वाचन नै भएमा पनि बस्नेतले नै जित्छन्’ उद्योग बाणिज्य संघका एक सदस्यले भने ।

उद्योगी व्यावसायी माझ लोकप्रिय छबी बनाएका अध्यक्षका उमेदवार बस्नेतले नेपाली कांग्रेस,एमाले,माओवादी केन्द्र,राप्रपा लगायतका दलहरुबाट समेत समर्थन हुने स्रोतको दाबी छ । ‘उहाँ सबै बिच राम्रो छबी बनाएको र उद्योगी व्यावसायीहरुको समस्यालाई समेत नजिकबाट बुझ्नु हुन्छ त्यसैले हाम्रो समर्थन र सहयोेग बस्नेत जि लाई नै हुन्छ’ माओवादी केन्द्रका एक नेताले भने ।

सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका पुर्व अध्यक्षहरु हरिशरण श्रेष्ठ, विष्णु खत्री, राजेन्द्रकुमार श्रेष्ठ, कमलकुमार श्रेष्ठ र वर्तमान अध्यक्ष बेदबहादुर श्रेष्ठको समर्थन समेत बस्नेतलाई नै रहेकाले उनी निर्वीरोध हुने सम्भावना बढी रहेको छ ।

सदस्यहरु छनोटपछि अन्य पदाधिकारीहरुको छनोट हुने भएपनि वरिष्ठ उपाध्यक्षमा रामकाजी पौडेलको सम्भावना रहेको छ । त्यस्तै अन्य उपाध्यक्षहरुमा जलविद्युत व्यावसायी उमेश कसजु, उमेशलाल श्रेष्ठ लगायतको सम्भावना रहेको उद्योगी व्यावसायीहरुको भनाइ छ । त्यस्तै वर्तमान महासचिव यादव दाहाल पनि उद्योगी व्यावसायी बिच लोकप्रिय छन् । उनी कि उपाध्यक्ष नभए महासचिव नै दो¥याउने योजनामा रहेको स्रोतको दाबी छ । सदस्यहरुमा भने ५० बडी आकक्षी देखिएका छन् ।

अध्यक्ष र १७ सदस्य प्रत्यक्ष निर्वाचीत भएपछि १३ जना भने मनोनीत हुने उद्योग बाणिज्य संघका कार्यालय सचिव इश्वरी चालिसेले जानकारी दिए । तातोपानी नाका,जलविद्युत आयोजना र क्रसर उद्योगहरु सिन्धुपाल्चोकमा धेरै भएकाले पनि उद्योगी व्यावसायीहरुको चुनावलाई सबैले चासोका साथ लिएका छन् ।

 

 

प्रतिक्रिया