
काँग्रेसको नेतृत्वमा सरकार बनाएर मंसिर वा चैतभित्रै चुनावः कोइराला
काठमाडौं – नेपाली काँग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले नेकपा माओवादी केन्द्रले केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन गरेर दोहोरो चरित्र देखाएको आरोप लगाएका छन्।
नेपाली काँग्रेस दाङले मंगलबार दाङको घोराहीमा गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता कोइरालाले माओवादी केन्द्रले समर्थन फिर्ता नलिएर सरकारलाई सहयोग गरेको बताएका हुन्।
नयाँ सरकार बनाउन माओवादीले सुरुमा समर्थन फिर्ता लिएर मात्रै काँग्रेस र जसपासँग वार्ता चलाउनुको औचित्य हुने स्पष्ट पारे।
संसदलाई अनिर्णियको बन्दी बनाउने काम भएको भन्दै यहि तरिकाले अघि बढे संसद कुनै हालतमा चल्न नसक्ने उनको दाबी थियो। उनले ओली सरकार ढलेमा कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाएर चुनावमा जान सकिने उल्लेख गरे।
नेता कोइरालाले काँग्रेसको नेतृत्वमा बन्ने सरकारले मंसिर वा चैतभित्रै चुनाव गराउन सक्नुपर्ने विचार व्यक्त गरे। साथै उनले आउँदो काँग्रेसको महाधिवेशनबाट पार्टी नेतृत्व परिवर्तन गर्नुपर्ने बताए।



कागजपत्र |
