डडेल्धुराका युवकको कैलालीको नदीमा डुबेर मृत्यु


डडेल्धुरा- डडेल्धुराका एक युवकको नदीमा डुबेर ज्यान गएको छ । शुक्रबार जिल्लाको अमरगढी नगरपालिका–२ कारीगाउँका २५ वर्षीय प्रतिक पन्तको कैलालीको गोदावरी नगरपालिका–८ स्थित हाटखोली भन्ने स्थानमा नदीमा डुबेर ज्यान गएको हो ।

उनी आफ्नो कार बुकिङमा चलाउँदै आएका थिए । शुक्रबार पनि सवारी लगेर उनी कैलाली गएको र गर्मीका कारण साथीहरूसँग नदीमा नुहाउन गएका थिए ।

 

प्रतिक्रिया