बालमन्दिर जग्गा प्रकरणमा बाल संगठनका पूर्वउपाध्यक्ष श्रेष्ठ पक्राउ


काठमाडौं- बालमन्दिरको जग्गा प्रकरणमा फरार रहेका एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाल सङ्गठनका तत्कालीन उपाध्यक्ष तुलसीनारायण श्रेष्ठ छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले श्रेष्ठलाई शुक्रबार काठमाडौंबाट पक्राउ गरेको हाे । उनीसहित २० जनालाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालतले गएको वैशाख २७ गते अनुमति दिएको थियो ।

बालमन्दिरको ११९ रोपनी १२ आना ३ पैसा जग्गामध्ये २८ रोपनीभन्दा बढी जग्गा भाडामा दिँदा अनियमितता गरेको आरोप छ ।

प्रतिक्रिया