भारत–पाकिस्तानबीचको खेलमा खटिनेछन् ‘स्नाइपर’


काठमाडाैं- आइतबार न्यूयोर्कको नासाउ काउन्ट्री इन्टरनेशनल स्टेडियममा भारत र पाकिस्तानबीचको खेल हुँदैछ । उक्त खेलका लागि क्रिकेट स्टेडियममा सुरक्षा व्यवस्था बढाइएको छ ।

सोमबार भएकाे श्रीलंका र दक्षिण अफ्रिकाबीच भएको खेलको बेला पनि  स्टेडियममा बाक्लो अवस्थामा सुरक्षाकर्मी तैनाथ गरिएका थिए ।

टी–२० विश्वकप सुरु हुनुअघि पाकिस्तान र अफगानिस्तानमा सक्रिय आतंकवादी संगठन आईएस खोरसानले आक्रमण गर्ने धम्की दिएको थियो । आतंकवादी संगठनले वेष्टइण्डिज सहितका देशहरुलाई भिडियो म्यासेज पठाएर आक्रमणको धम्की दिइएको बताइएको थियो ।

धम्कीपछि त्यहाँ कडा सुरक्षाकाे व्यवस्था गरिएको छ । त्यहाँ स्नाइपर र स्वाट टोलीका अलावा सादा पाेशाकमा  प्रहरी पनि मैदानभित्र तैनाथ भएका छन् । खेलकाे दिन ड्रोन आक्रमणको सम्भावित खतरालाई कम गर्न मैदान नजिकै कडा नियमहरू पनि लागू गरिएको छ । दर्शकहरुले  स्टेडियममा प्रवेश गर्नुअघि एयरपोर्ट शैलीको सुरक्षा स्क्यानरमार्फत जानुपर्नेछ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले  विज्ञप्तिमा भनेकाे छ, ‘ घटनामा सबैको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हो र हामीसँग बलियो सुरक्षा योजना छ । हामी हाम्रा आयोजक देशका अधिकारीहरूसँग नजिकबाट काम गरिरहेका छौं  । कुनै पनि खतरासँग जुध्न तयार छाैं ।’

यो पनि: 

कति खतरनाक छ टी–२० विश्वकपमा प्रयोग भएको ‘ड्रप इन पिच’ ? कसरी बनाइन्छ ?[भिडियो]

प्रतिक्रिया