

प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण स्वीकृत भएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत गरेको हो ।
‘प्रचण्ड’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा भाग लिन आइतबार भारत जान लागेका हुन् ।

