प्रतिनिधि सभा बैठकमा तीन विधेयक पेस


काठमाडौँ – प्रतिनिधि सभाको आजको बैठकमा तीनवटा विधेयक पेस गरिएका छन् ।

अर्थमन्त्री वर्षमान पुनले ‘विनियोजन विधेयक, २०८१’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१’ र ‘भन्सार महसुल विधेयक, २०८१’ बैठकमा पेस गरेका हुन् ।

सुरुका दुवै विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधका सूचनालाई सभाको बहुमतले अस्वीकृत गरेको थियो । प्रतिनिधि सभाको अर्को बैठक बिहीबार बिहान ११ बजे बस्नेछ ।

प्रतिक्रिया