अब आयोजना प्रमुख सरुवा नगर्ने अर्थमन्त्रीको घोषणा


काठमाडौँ – अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षमा पुँजीगत खर्च बढाउन र क्षमता बृद्धि गरी बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन आयोजना अवधिभर आयोजना प्रमुखलाई सरुवा नगर्ने घोषणा गरेका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा आर्थिक वर्ष २०८१/०८२ को विनियोजन बजेटको विषयमा भएको छलफलमा संसादहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो जानकारी दिएका हुन्

अर्थमन्त्री वर्षमान पुनले डिजिटल अर्थतन्त्रको बिस्तार र हरित अर्थतन्त्रको आधार निर्माण गर्न नयाँ चरणको आर्थिक सुधारका लागि उच्चस्तरीय आर्थिक सुधार आयोग गठन गर्ने व्यवस्था गरिएको पनि जानकारी दिए ।

उनले राष्ट्रिय प्राथमिकताका आयोजनाहरूमा दुई चरणमा काम गर्ने,विकास आयोजना सम्बन्धी तर्जुमा कानुन बनाउने,बजेट कार्यान्वयन कार्ययोजना असार मसान्तसम्म तयार गर्ने योजना रहेको पनि जानकारी दिए ।

विगतका सुरु गरिएका आर्थिक सुधारका उपलब्धिलाई संस्थागत गर्दै बदलिँदो विश्व अर्थव्यवस्था र नेपालको वस्तुगत आवश्यकतालाई दृष्टिगत गरी अर्थतन्त्रलाई सबल र उत्थानशील बनाउने उनले उल्लेख गरे ।

प्रतिक्रिया