सन्दीपले अमेरिकाको भिसा नपाउनुको कारण जानकारी गराउन सांसद भण्डारीकाे माग


काठमाडौं- नेपाली कांग्रेसका सांसद शंकर भण्डारीले क्रिकेटर सन्दीप लामिछाने अमेरिकाको भिसा नपाउनुको कारणबारे

जवाफ मागेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बैठकमा बाेल्दै उनले विश्वकप खेल्न जान अमेरिकाले भिसा नदिएको विषय र भिसा प्रक्रियामा सरकारले गरेको पहलबारे सदनलाई जानकारी गराउन माग गरेका हुन् ।

‘नेपाली राष्ट्रिय खेलाडी सन्दीप लामिछानेको भिसाको सन्दर्भमा धेरै विषय उठान भएको छ, सरकारलाई आग्रह गर्छु वास्तविकता के हो ? सदनलाई जानकारी गराइयोस् ’ उनले भने ।

 

 

प्रतिक्रिया