असई पोखरेलको ड्युटीका क्रममा भीरबाट लडेर मृत्यु


जुम्ला – जुम्लामा एक प्रहरी असईको भिरबाट लडेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय जुम्लामा कार्यरत प्रहरी सहायक निरिक्षक (असई) दिपक पोखरेलको ड्युटीको क्रममा भीरबाट लडेर मृत्यु भएको हो ।

सिम्ता गाउँपालिका ६ जामुनेबजारका पोखरेल रात्री गस्तीको क्रममा बिहान चार बजेतिर भिरबाट लड्का मृत्यु भएको जनाइएको छ ।

प्रतिक्रिया