बालुवाटारमा प्रचण्ड र माधव नेपालबिच आधा घण्टा छलफल


काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बिच आज बिहान छलफल भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनीहरुबिच आधा घण्टा बढी छलफल भएको हो । भेटमा सुदूरपश्चिमको सरकार विस्तारबारे कुराकानी भएको बताइएको छ ।

सुदूरपश्चिममा समाजवादीका दिर्घ सोडारी मुख्यमन्त्री भएको एक महिना बढी भइसक्दा पनि सरकारले पूर्णता पाउन सकेको छैन् । हालसम्म एमाले र माओवादी सरकारमा सहभागि भएका छैनन् ।

प्रतिक्रिया