भारतमा ग्याँस लिक भएर आगलागी हुँदा एकै परिवारका ३ नेपालीको मृत्यु
काठमाडाैं- भारतको बैग्लुरुमा भएको खाना पकाउने ग्याँस लिक हुँदा जलेर एकै परिवारका ३ नेपालीको मृत्यु भएकाे छ ।
कर्नाटका राज्यको एहलंका भन्ने ठाउँमा भएको उक्त दुर्घटनामा बझाङको जयपृथ्वी नगरपालिकाका-११, सुइलका एकै परिवारका पाँच जना जलेर घाइते भएका थिए । ती मध्ये ३० वर्षीया प्रेमजला बोहरा, उनकी ८ वर्षीया छोरी अनिता र साढे चार वर्षका छोरा प्रशान्तको मृत्यु भएकाे छ प्रेमजलाका श्रीमान मदन र जेठी छोरी निरुताको स्थानीय भिक्टोरीया अस्पतालमा उपचार भइरहेको छ ।
गत बुधबार राति ११ बजेतिर सबै परिवार कोठामै भएको बेला खाना पकाउने क्रममा एक्कासी ग्याँस बिस्फोट भएको थियो ।