टी–२० विश्वकप : अमेरिकाले क्यानडालाई ७ विकेटले हरायो


काठमाडाैं- आईसीसी टी–२० क्रिकेट विश्वकप प्रतियोगितामा आयोजक अमेरिकाले विजयी शुरूवात गरेको छ ।

आइबार बिहान डल्लासस्थित ग्रान्ड प्रेरी रंगशालामा भएको उद्घाटन खेलमा अमेरिकाले छिमेकी प्रतिद्वन्द्वी क्यानडालाई ७ विकेटले हराउँदै विजयी शुरूवात गरेको हो ।

क्यानडाले दिएको १९५ रनको विशाल लक्ष्य अमेरिकाले १४ बल बाँकी छँदै मात्र ३ विकेटको क्षतिमा पूरा गरेकाे छ ।

अमेरिकाको जीतमा २ जनाले अर्धशतक बनाए । आरोन जोन्सले शतकनजिक पुग्दै अविजित ९४ रन जोडे ।

क्यानडाका लागि कलीम साना, डिलोन हेलिगर र निखिल दत्तले समान १ विकेट लिए । टस हारेर ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९४ रन बनाएको थियो ।

क्यानडाका लागि २ खेलाडीले अर्धशतक बनाए । नवनीत धलिवालले ६१ तथा निचोलास किर्टोनले ५१ रन जोडे । यस्तै श्रेयस मोभ्भाले अविजित ३२ रन जोडेका थिए ।

अमेरिकाका अलि खान, हर्मीत सिंह र कोने एन्डर्सनले १–१ विकेट लिए ।

 

 

प्रतिक्रिया