वार्मअप खेलमा भारतद्वारा बंगलादेश पराजित


काठमाडौं – नवौं संस्करणको आइसिसी टी–२० विश्वकपको अन्तिम वार्मअप खेलमा भारतले बंगलादेशलाई ६० रनले हराएको छ। गएराति सम्पन्न खेलमा पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८२ रन बनायो।

उसका लागि ऋषभ पन्त र हार्दिक पाण्ड्याले उत्कृष्ट पारी खेले। पन्तले ३२ बलमा चार चौका र चार छक्कासहित सर्वाधिक ५३ रन बनाए। यस्तै, पाण्ड्याले २३ बलमा चार छक्का र दुई चौकाको सहयोगमा अविजित ४० रनको योगदान दिए।

त्यस्तै, सूर्यकुमार यादवले ३१, कप्तान रोहित शर्माले २३ र शिवम दुबेले १४ रन जोडे। बंगलादेशका लागि मेहदी हसन, शोरिफुल इस्लाम, तनवीर इस्लाम र महमुदुल्लाहले एकरएक विकेट लिए।

१ सय ८३ रनको विजयी लक्ष्यका साथ  ब्याटिङमा उत्रेको बंगलादेले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२२ रन मात्र बनाउन सक्यो। उसका लागि महमुदुल्लाहले ४०, शाकिवअल हसनले २८, तान्जिद हसनले १७ र तौहिद हृदयले १३ रन बनाए।

भारतका लागि शिवम दुबे, अर्शदीप सिंहले २/२ तथा जसप्रित बुहराह, मोहम्मद सिराज, हार्दिक पाण्ड्या र अक्षर पटेलले १/१ विकेट लिए। आजदेखि सुरु भएको विश्वकपमा भारतले पहिलो खेल बुधबार आयरल्याण्डविरुद्ध खेल्ने तालिका छ।

 

प्रतिक्रिया