सरकारी अस्पतालका समस्या अध्ययन गर्न समिति गठन


काठमाडौं – स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले सरकारी अस्पतालमा भएका समस्या अध्ययन गर्न तीन सदस्यीय समिति गठन गरेका छन् ।

सरकारी अस्पतालमा बिरामीले समयमै उपचारका लागि पालो नपाएको र शल्यक्रियाका लागि वर्षौं पालो कुर्नुपर्नेलगायत अवस्था रहेकाले यी समस्यालाई हल गर्न समिति गठन भएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार अतिरिक्त स्वास्थ्य सचिव डा.दीपेन्द्ररमण सिंहको संयोजकत्वमा गठित अध्ययन समितिमा डा. मदनकुमार उपाध्याय र वरिष्ठ जनस्वास्थ्य प्रशासक डा. गुणनिधि शर्मा सदस्य सचिव रहेका छन् ।

प्रवक्ता बुढाथोकी अनुसार समितिले अध्ययन प्रतिवेदन २ हप्ताभित्र पेस गर्नुपर्नेछ । समितिले पहिलो चरणमा काठमाडौँ उपत्यका भित्रका संघीय अस्पतालहरूको स्थलगत अनुगमन गर्नेछ ।

 

प्रतिक्रिया