२१ बुँदे प्रस्ताव पारित गर्दै सकियो एमालेको महिला भेला


काठमाडौँ – नेकपा (एमाले) को दुई दिने राष्ट्रिय महिला भेला सम्पन्न भएको छ । २१ बुँदे प्रस्ताव पारित गर्दै भेला सम्पन्न भएको हो ।

भेलाले ‘म हिंसा गर्दिन, हिंसा सहन्न र हिंसाको प्रतिकार गर्छु’ भन्ने नीतिको प्रभावकारी कार्यान्वयनमा अगुवाइको लागि पार्टी नेतृत्वसँग माग गरेको छ ।

त्यसैगरी भेलाले सबै किसिमका विभेद र हिंसा अन्त्यको विषयलाई आफ्नो मुख्य र साझा मुद्दाको रूपमा स्वीकार गर्दै नेकपा (एमाले)को मार्ग निर्देशनमा आ–आफ्नो ठाउँबाट व्यापक अभियान सञ्चालन गर्न साझा प्रतिबद्धता पनि व्यक्त गरेको छ ।

प्रतिक्रिया