अमेरिकालाई बारुदको गन्ध बन्द गर्न चेतावनी दिने उत्तर कोरियाली यी सुन्दरी को हुन्?


काठमाडौं– अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनलाई हालै उत्तर कोयरयाली एक सुन्दरीले चार बर्ष चैनको निद्रामा बस्ने भए बारुदको गन्ध फैलाउन बन्द गर्नू भनी चेतावनी दिइन्।

दक्षिण कोरियाको सैनिकसँग संयुक्त अभ्यास अमेरिकामा भइरहेको सन्दर्भमा यसरी चेतावनी दिने सुन्दरीको नाम हो– किम यो जोङ। र, उनी त्यहाँका शासक किम जोङ उनकी बहिनी हुन् नातामा। यसबाहेक उनका अन्य परिचय पनि छन्।

मंगलबार सरकारी पत्रिकामा प्रकाशित जोङको वक्तव्यमा अमेरिका र दक्षिण कोरियाबीच गत सता सुरू भएको संयुक्त सैन्य अभ्यासको विरोध गरिएको छ।

अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केन र रक्षा मन्त्री लोयड अस्टिनले एसिया भ्रमण थालेको अर्को दिन उत्तर कोरियाली शासककी शक्तिशाली बहिनीले यस्तो चेतावनी दिएकी हुन्।

३४ बर्षिया यो जोङ उत्तर कोरियाकी राजनीतिज्ञ हुन्। उनी किमको वर्कस पार्टीको युनाइटेड फ्रन्ड डिपार्टमेन्टकी उपनिर्देशक पनि हुन्। उनी त्यस पार्टीको वैकल्पिक पोलिटब्युरो सदस्यका रुपमा २०१७ देखि ०१९ र २०१० देखि हालसम्म कार्यरत छिन्।

उनी किम जोङ इलकी सबैभन्दा कान्छी सन्तान हुन्।

स्वीट्जरल्यान्डमा अध्ययन गरेकी उनी सानो उमेरमा आमासँग धेरै बसेको एजेन्सीहरूमा उल्लेख छ। राजधानी प्योङयाङमा जन्मिएकी उनी सन् २००७ देखि राजनीतिमा सक्रिय भइन्। उनी बुवा किम जोङ इलको राष्ट्रिय सुरक्षा आयोगमा रहेर काम गरेपछि पार्टीमा सक्रिय जिम्मेवारी पाउने युवती हुन्।

प्रतिक्रिया