मौनव्रत र केवल तरल आहार, मोदीले यसरी गर्दैछन् ४५ घण्टे ध्यान


काठमाडौं- प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार साँझदेखि तमिलनाडुस्थित कन्याकुमारीको विवेकानन्द रक मेमोरियलमा ४५ घण्टे ध्यान सुरु गरेका छन् । दमोदीले लोकसभा निर्वाचनको अन्तिम मतदान अघि ध्यान गरेका हुन् ।

नजिकैको तिरुवनन्तपुरमबाट हेलिकप्टर चढेर रक मेमोरियल पुगेका मोदी भगवती अम्मान मन्दिरमा पूजा गरेपछि ध्यानमा बसेका थिए । उनी भोलि जुन १ त्यहीँ बस्नेछन् । लोकसभा निर्वाचनको सातौं र अन्तिम चरणको मतदान पनि भोलि हुँदैछ ।

विवेकानन्दले जुन चट्टानमा ध्यान गरेका थिए, त्यही चट्टानमा बसेर मोदी ध्यान गरिरहेका छन् । आफ्नो ४५ घण्टाकाे ध्यानमा प्रधानमन्त्री मोदीले तरल आहार मात्र लिनेछन् र यस अवधिमा उनले नरिवलको पानी र अंगूरको जुस मात्र पिउनेछन् । स्रोतका अनुसार यस अवधिमा पीएम मोदीले मौन व्रत पनि राख्नेछन् र ध्यान कक्षबाट बाहिर निस्कने छैनन् ।

प्रधानमन्त्री मोदीको ध्यानका लािग ठूलाे सुरक्षालगायत सबै व्यवस्था मिलाइएको छ । शनिबारसम्म पर्यटकका लागि समुद्र तट बन्द रहनेछ र निजी डुङ्गाहरू पनि चल्न दिइने छैन । देशको दक्षिणी छेउमा रहेको यस जिल्लामा २ हजार प्रहरीको टोली परिचालन गरी प्रधानमन्त्रीको कार्यक्रममा विभिन्न सुरक्षा निकायले कडा निगरानी राख्नेछ ।

२०१९ को लोकसभा निर्वाचन प्रचारप्रसारको अन्त्यपछि प्रधानमन्त्रीले केदारनाथ गुफामा ध्यान गरेका थिए ।

प्रतिक्रिया