मध्य मध्यमर्स्याङ्दी जलविद्युत केन्द्रको ड्याम शुक्रबार खोलिने


काठमाडौँ – मध्यमर्स्याङ्दी जलविद्युत केन्द्र अन्तर्गतको दलालमा अवस्थित ड्यामको गेट शुक्रबार खोलिने भएको छ ।

मध्यमर्स्याङ्दी जलविद्युत केन्द्रले सूचना जारी गर्दै शुक्रबार बिहान ६ बजेदेखि दिउँसो १ बजेसम्म ड्याम खोल्न लागेका जनाएको हो ।

ड्याम खोल्ने समयमा पानीको बहाव बढ्ने हुँदा ड्याम खोल्ने अगावैदेखि नदीको तटीय क्षेत्रमा माछा मार्ने, नुहाउने लगायतका क्रियाकलापहरू नगर्नको आग्रह गरेको छ ।

प्रतिक्रिया