२८ जना सवार यात्रु बस सिन्धुलीमा दुर्घटना


सिन्धुली – बैंकका कर्मचारी चढेको बस सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ बारामा दुर्घटना भएको छ ।

महोत्तरीको बर्दिवासबाट बीपी राजमार्ग हुँदै काठमाडौंतर्फ जाँदै गरेको ग्लोबल आईएमई बैंकका कर्मचारी चढेको वागमती प्रदेश ०१०–०१–१७३२ पर्यटक बस बिहीबार अपराह्न दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएकालाई स्थानीय अस्पताल खुर्कोटमा पठाइएको छ ।

बसमा २८ जना सवार रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी अनिलकुमार खड्काले जानकारी दिए । उनका अनुसार ती कर्मचारीहरु बर्दिवासमा तालिममा सहभागी भएर फर्किँदै थिए ।

घटनास्थलमा प्रहरी, स्थानीयलगायतले उद्धार जारी राखेका छन् । बस सडकबाट खसेर स्थानीयको घर पछाडि उत्तानो परेको छ ।

प्रतिक्रिया