‘टाइगर’ दिपेन्द्रलाई विश्व क्रिकेटमा ‘एक्सपोज’ हुने स्वर्णीम अवसर


काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोली टि–२० विश्वकप क्रिकेट खेल्ल यतिबेला अमेरिकामा छ । आईसीसी टी–२० विश्वकप २०२४ मा नेपाल समूह ‘डी’ मा परेको छ ।
नेपालले पहिलो खेल जुन ४ मा नेदरल्यान्डस्, दोस्रो खेल ११ जुनमा श्रीलंकासँग ,तेस्रो खेल १४ जुनमा दक्षीण अफ्रिकासंग,चौथो खेल बंगलादेशसंग १६ जुनमा खेल्नेछ । आफ्नो समुहको शीर्ष २ मा पर्न सके नेपाल सुपर–८ मा प्रवेश गर्ने छ ।
रोहित पौडेलको नेतृत्वमा रहेको नेपाली टोली युवा टोली हो ।

पछिल्लो समय उत्कृष्ट लयमा रहेको नेपाली टोलीमा विश्वकिर्तीमानी खेलाडी पनि छन् ।

अलराउण्डरतर्फ आईसीसी टी–२० वरियतामा १० औं स्थानमा रहेका नेपालका दिपेन्द्र ऐरीको मिडिल अडर’को प्रर्दशन नेपालका लागि महत्वपूर्ण छ । कठिन अवस्थाबाट नेपाललाई जित दिलाउनसक्ने क्षमता उनीसंग छ ।
बल,ब्याट र फिल्डिङ तीनवटै क्षेत्रबाट योगदान गर्नसक्ने दिपेन्द्र नेपाली टोलीको मेरुदण्ड नै हुन । टी–२० क्रिकेटमा दुईपटक छ बलका छ छक्का प्रहार गरेर विश्वकिर्तीमान बनाएका दिपेन्द्रबाट राष्ट्रिय टोलीको ठुलो अपेक्षा छ ।

नेपालबाट टी–२० अन्तराष्ट्रिय क्रिकेटमा सबैभन्दा बढी रन बनाउने खेलाडी पनि दिपेन्द्र नै हुन् । राष्ट्रिय टोलीका प्रशिक्षक मोन्टी देसाई र कप्तान रोहित पौडेलले पटक–पटक दिपेन्द्रको तारिफ गर्दै आएका छन् ।
दिपेन्द्रलाई टोलीभित्र ‘टाइगर’ को उपमा समेत दिने गरिएको छ । क्रिकेट विश्लेषकहरुले ‘टाइगर’ दिपेन्द्रलाई विश्व क्रिकेटमा ‘एक्सपोज’ हुने स्वर्णीम अवसर भएको टिप्पणी गर्न थालेका छन् ।

दिपेन्द्रले छाप छाड्न सके विश्व क्रिकेटका विभिन्न फ्रेन्चाइज लिगमा उनका लागि ढोका खुल्नेछ । पछिल्लो समय उनी केही अन्तराष्ट्रिय फ्रेन्चाइज क्लवबाट खेल्दै आएका छन् । उनको टि–२० अन्तराष्ट्रिय प्रर्दशन लोभलाग्दो छ ।
हालसम्म उनले नेपालका लागि ६४ टि–२० खेल खेलका छन् । जसमा ३८ दशमलव ७१ को औषतमा १६ सय २६ रन बनाएका छन् । जसमा १ शतक र ९ अर्धशतक सामेल छ । सबैभन्दा बलियो पक्ष भनेको उनको स्ट्राइक रेट पनि हो । उनले टि–२० स्ट्राइक रेट १४६ भन्दा माथि छ । जुन टि–२० क्रिकेटमा उत्कृष्ट मानिन्छ ।

पछिल्लो समय उनी नेपालका लागि फिनिसरका रुपमा देखिदै आएका छन् । उनले बलिङ पनि कसिलो छ । हालसम्म उनले टि–२० अन्तराष्ट्रिय क्रिकेटमा ३९ खेलका ३७ विकेट लिएका छन् । वलिङका पनि उनको मुख्य विशेषता भने कम इकोनमीका वलिङ गरेर विपक्षी टोलीका ब्याट्सम्यानलाई दबाबमा राख्नु हो । उनको वलिङ इकोनमी ६ दशमलव १० मात्रै छ । जुन टि–२०का लागि निकै किफायती मानिन्छ ।

दिपेन्द्र टोलीका आवश्यकता अनुसार गेम खेल्न सक्ने खेलाडी हुन । दिपेन्द्रको प्रर्दशनलाई लिएर खेलप्रेमीमा उत्साह बढ्दो छ । दिपेन्द्रले दक्षिण अफ्रिकी तिव्र गतिका वलरलाई कसरी खेल्छन् हेर्न लायक हुनेछ । नेपालको समुहमा रहेको सबैभन्दा बलियो प्रतिद्धन्द्धी दक्षिण अफ्रिकालाई मानिएको छ ।

टि–२० त्रिकेटमा जुनसुकै टोलीले पनि नतिजा आफ्नो पक्षमा ल्याउनसक्छ । यस्तोमा एसोसिएट क्रिकेटको पावरहाउसको रुपमा रहेको नेपालले आफुलाई बलियो प्रतिस्प्रर्धीका रुपमा प्रस्तुत गर्ने क्रिकेट विश्लेषकहरुको विश्वास छ ।

प्रतिक्रिया