‘प्रधानमन्त्री छोरी आत्मनिर्भर’ कार्यक्रमको बजेट कम भयो : मन्त्री चौधरी


काठमाडौ – महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर’ कार्यक्रमका लागि सरकारले कम बजेट विनियोजन गरेको भन्दै असन्तुष्टि जनाएकी छन् ।

बुधबार ललितपुरमा भएका छैटौँ राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो असन्तुष्टि व्यक्त गरेकी हुन् । सरकारले आगामी बजेटमा ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर’ कार्यक्रमका लागि १० करोड छुट्याएको छ ।

आफूले उक्त कार्यक्रमका लागि बजेट बढी विनियोजन गर्न निरन्तर आग्रह गरेको भएपनि त्यसअनुसार नभएको चौधरीले बताइन् । ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर’ कार्यक्रमलाई सबै महिलाहरूको नाराका रूपमा अघि बढाउनुपर्ने उनको जोड छ । महिलाको अधिकारका लागि बजेट माग्दा कम बजेट दिनुले आफूलाई ग्लानी महसुस भएको समेत उनले बताएकी छन् ।

मन्त्री चौधरीले अहिले नेपाली महिलाहरूले संवैधानिक रूपमा धेरै अधिकार प्राप्त गरेको बताइन् ।

प्रतिक्रिया