

हिमाली कलीले जन्माइन् रोनाल्डोको ३५औँ सन्तान

भरतपुर- जङ्गली हात्ती रोनाल्डोको ३५औँ सन्तान जन्मिएको छ ।
हात्ती प्रजनन केन्द्रमा रहेको हिमाली कलीले गएराति पोथी छावा जन्माएसँगै रोनाल्डोको सन्तान ३५ पुगेको हो ।
गत शनिवार राति कर्णालीकलीले रोनाल्डोको ३४औँ सन्तान छावालाई जन्म दिएकी थिइन् ।
प्रजनन केन्द्रमा जन्मने अधिकांश छावाका बाबु रोनाल्डो हो । चितवनमा घरपालुवा भाले हात्ती प्रजनन क्रियाकलापमा सक्रिय नहुने हुँदा जंगली हात्तीको संसर्गबाट ढोईहरु गर्भवती हुने गरेका छन् ।

